पथरी शनिश्चरे बेरुजु फर्स्योटमा पु:न उत्कृष्ट; मोरङमा दोस्रो स्थान कायम

मोरङ। मोरङको पथरी शनिश्चरे नगरपालिका बेरुजु रकम फर्स्योटमा मोरङ जिल्लामै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

महालेखापरीक्षकको त्रिसठ्ठिऔँ वार्षिक प्रतिवेदन २०८३ अनुसार नगरपालिकाको लेखापरीक्षण रकम २ अर्ब ३१ करोड ३३ लाख ६८ हजार रहेकोमा बेरुजु रकम १ करोड ६६ लाख ९७ हजार मात्रै रहेको उल्लेख छ । नगरपालिकाले बेरुजु प्रतिशतलाई ०.७२ मा सीमित गर्न सफलता प्राप्त गरेको हो ।

प्रतिवेदनअनुसार ग्रामथान गाउँपालिकाले ०.४५ प्रतिशत बेरुजु कायम गर्दै जिल्लामा पहिलो स्थान हासिल गरेको छ भने ०.७४ प्रतिशतसहित रतुवामाई नगरपालिका तेस्रो स्थानमा रहेको छ ।

गत वर्ष पनि पथरी शनिश्चरे नगरपालिकाले बेरुजु फर्स्योटमा दोस्रो स्थान हासिल गरेको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको भन्दै यस उपलब्धिले सुशासनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय