नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले विगतमा आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे। उनले ती निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै कुनै पनि छानबिनबाट आफू नडराउने जिकिर गरे।



उनले भने, “मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ। तपाईंहरूले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु।”
दाहालले आफू माथि लाग्ने सबै आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै सत्य बाहिर आउनेमा विश्वास व्यक्त गरे।
यसैबीच, वर्तमान सरकारको कार्यशैलीबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने उपयुक्त समय नभएको प्रतिक्रिया दिए।








