इरानको आक्रमणले टेल अविभमा क्षति, २ जनाको मृत्यु पुष्टि

इजरायल को तेल अभिभमा इरानले गरेको हवाई आक्रमणमा २ जना इजरायली नागरिकको मृत्यु भएको छ।

इजरायली अधिकारीहरूका अनुसार,रमत गनमा बसोबास गर्ने करिब ७० वर्ष उमेरका एक दम्पतीको आक्रमणमा ज्यान गएको हो।

बुधबार इरानले टेल अविभमा मिसाइल प्रहार गरेपछि शहरभरि आपतकालीन सायरन बजेका थिए। प्रारम्भिक विवरण अनुसार, उक्त दम्पती सुरक्षित स्थान (शेल्टर) मा पुग्न नसक्दा उनीहरूको चौथो तल्लाको अपार्टमेन्टमा मिसाइल लागेर मृत्यु भएको हो।

आक्रमणपछि दमकलकर्मीहरू हाल शेल्टरहरूमा फसेका अन्य व्यक्तिहरूको उद्धारमा जुटिरहेका छन्, र थप आक्रमणका खबरहरू आइरहेका छन्।

टेल अविभको सभिदर ट्रेन स्टेशनमा पनि मिसाइल आक्रमण हुँदा प्लेटफर्मको ठूलो भाग क्षतिग्रस्त भएको छ। यस कारण रेल सेवा अस्थायी रूपमा रोकिएको छ।

यसैबीच, एक आपतकालीन सवारी साधन पनि मिसाइल प्रहारबाट क्षतिग्रस्त भएको छ।

घटनास्थल रमत गानमा पुगेको मगेन डेभिड एदम (MDA) टोलीले ती पुरुष र महिलाको मृत्यु पुष्टि गरेको छ, जसमा उनीहरूलाई गम्भीर छर्राका चोट लागेको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय