जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, १८ जनाको मृत्यु

दक्षिण–पश्चिम जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको छ । सैनिक र उद्धारकर्मीले एक क्षतिग्रस्त सपिङ मलमा फसेकालगायत अन्य क्षेत्रका भग्नावशेषमा फसेका हुन सक्ने मानिसको खोजी जारी राखेका छन् ।

मंगलबार दिउँसो दक्षिणी मुख्य टापु क्युसुको कुमामोटो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा कम्तीमा ६२ जना घाइते भएको र तीमध्ये ६ को अवस्था गम्भीर रहेको स्थानीय अधिकारीले बताए । अझै कतिजना बेपत्ता छन् भन्ने स्पष्ट छैन । यसैले हताहतीको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु करिब सात लाख जनसंख्या भएको कुमामोटो सहरबाट २० किलोमिटर (१२ माइल) दक्षिणमा थियो । सबैभन्दा गम्भीर क्षति कासिमा सहरको ‘एओन मल सपिङ’ सेन्टरमा भएको थियो, जहाँ भूकम्प जाँदा हजारौँ मानिस किनमेल गरिरहेका अधिकारीले बताएका छन् । तथापि, त्यस सपिङ मलका सञ्चालकले भने मलको अर्को हिस्सामा ग्यास विस्फोट हुनुभन्दा पहिले नै लगभग तीन हजार ग्राहकलाई पार्किङ स्थलमा सारिएको बताए ।

विस्फोटपछि मलको दोस्रो तल्ला भत्किएको थियो, त्यहाँ धेरै मानिस फस्न पुगे । प्रत्यक्षदर्शीका अनुसार विस्फोटले भूकम्पजत्तिकै कम्पन सिर्जना गरेको बताए । एओनका अध्यक्ष अकियो योसिदाका अनुसार तीनजना अझै बेपत्ता छन् भने मल क्षेत्रमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ । उता भियतनामी सरकारले भूकम्पमा परी एकजना आफ्ना नागरिकको मृत्यु भएको बतायो । ती भियतनामी प्राविधिक इन्टर्नमाथि भूकम्पपछि क्रेन खस्दा मारिएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय