नेपाल–भारत सहकार्य अझ सुदृढ हुने विश्वास – नरेन्द्र मोदी Narendra Modi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गराएकोमा खुशी व्यक्त गरेका हुन्।

 

प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा भएको उल्लेख गरेका छन्।

 

साथै, नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उनले बताएका छन्।

 

उनले लेखेका छन्, ‘घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ।’

 

मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय