भोटेकोशी बाढीपीडितका लागि सुरक्षा श्रमिक ट्रेड युनियनको ६५ हजार ५ सय सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु) ले रु. ६५ हजार ५ सय सहयोग गरेको छ।

‎युनियनले बाढीपीडितप्रति मानवीय संवेदना प्रकट गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ।

‎सहयोग संकलनमा नेष्टुका केन्द्रीय अध्यक्ष प्रेमबहादुर कार्की, आउटसोर्स काठमाडौं जिल्ला कमिटीका अध्यक्ष इश्वरी बानियाँ, फिटवेल सेक्युरिटी प्रतिष्ठान कमिटीका अध्यक्ष कृष्णकुमार तामाङ, प्रधान सेक्युरिटी सर्भिस तथा प्रधान सेक्युरिटी प्रतिष्ठानमा कार्यरत श्रमिकतर्फका अध्यक्ष नातीबाबु थापा, वीर अस्पताल प्रतिष्ठान कमिटीका अध्यक्ष सरिता दुलाल र राष्ट्रिय ट्रमा सेन्टर प्रतिष्ठान कमिटीका अध्यक्ष पार्वती बास्कोटा लगायतको योगदान रहेको छ।

‎युनियनका महासचिव बेद प्रसाद हुमागाईंका अनुसार विभिन्न समिति, प्रतिष्ठान तथा श्रमिकबाट संकलित रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोगस्वरूप प्रदान गरिएको हो।

‎‎युनियनले विपद्को यस कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाको अभियानमा आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न सम्बन्धित सबैमा अपिलसमेत गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय