मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो? सार्वजनिक भए ७ मुख्य निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २५ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भ्रमण स्वीकृत गरेको छ।

त्यस्तै, भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ। सरकारले अनुचित लेनदेन अर्थात् ‘मिटर ब्याज’ अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ।

मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ।

त्यसैगरी, शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल तथा सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव तथा सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय