काभ्रेपलाञ्चोकमा गौतम बन्धुहरूको ऐतिहासिक भेला, १५ सदस्यीय जिल्ला समिति गठन

काभ्रे। वर्षे झरीलाई समेत बेवास्ता गर्दै काभ्रेपलाञ्चोकमा ३५० भन्दा बढी गौतम बन्धुहरूको सहभागितामा ऐतिहासिक भेला सम्पन्न भएको छ। भेलाले जयभद्र गौतमको अध्यक्षतामा १५ सदस्यीय गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समन्वय समिति गठन गरेको छ।

गौतम बन्धु राष्ट्रिय समाज बागमती प्रदेश समन्वय समितिको सक्रियतामा आयोजित भेलामा पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतम प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम, संस्थापक अध्यक्ष विदुर गौतमलगायत विभिन्न क्षेत्रमा कार्यरत गौतम बन्धुहरूको सहभागिता थियो।

भेलाको सभापतित्व बागमती प्रदेश समन्वय समितिका अध्यक्ष बुद्धि प्रसाद गौतम (विदुर) ले गरेका थिए। प्रदेश समन्वय समितिका उपाध्यक्ष शिवप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा गौतमहरूको इतिहास तथा वंशपरम्पराबारे जानकारी गराउँदै ‘गौतमहरूको इतिहासदेखि वर्तमानसम्म’ विषयक वृत्तचित्र प्रोजेक्टरमार्फत प्रस्तुत गरिएको थियो। साथै गौतम बन्धुहरूको परिचय समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।

भेलामा ८० वर्ष उमेर पूरा गरेका १० जना ज्येष्ठ गौतम बन्धुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा प्रभुकौशिका निर्माण समितिका कृष्ण गौतम, महासचिव पोष्टराज गौतम, धुलिखेल नगरपालिकाकी पूर्वउपप्रमुख विमला गौतम, महर्षि अत्रि स्तम्भ निर्माण समितिका संयोजक दिननाथ गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रमुख अतिथि बामदेव गौतमले गौतमहरूको ऐतिहासिक पृष्ठभूमि र इतिहासबारे चर्चा गरेका थिए। केन्द्रीय अध्यक्ष शोभाकर गौतमले संस्थाको वर्तमान गतिविधि, उपलब्धि तथा भावी कार्यक्रमबारे जानकारी गराएका थिए।

नवगठित जिल्ला समन्वय समितिको अध्यक्षमा जयभद्र गौतम, उपाध्यक्ष झम्कप्रसाद गौतम र तोरणप्रसाद गौतम, सचिव यदुनाथ गौतम, कोषाध्यक्ष सुरेश गौतम  चयन भएका छन्। यस्तै सदस्यहरूमा पर्शुराम गौतम, रामचन्द्र गौतम, रत्नकुमारी गौतम, राजन गौतम, एकलक्ष्मी गौतम, लेखनाथ गौतम (ध्रुव), डोरनाथ गौतम, माधवप्रसाद गौतम, नन्दीप्रसाद गौतम र रामचन्द्र गौतम चयन भएका छन्।

समितिले काभ्रेपलाञ्चोकमा रहेका गौतम बन्धुहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक गतिविधिका साथै वंशावली संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय