मेचीनगरमा भारतबाट आएका ५० हाराहारी जङ्गली हात्तीको आतंक, विद्यालय जान र खेती गर्न समस्या

काठमाण्डौ — झापाको मेचीनगर–४ बाहुनडाँगीमा भारतबाट आएका ४० देखि ५० वटा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ । हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत सकिरहेका छैनन् ।

किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन् । स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका, प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन् ।

उहाँले आफुहरुको प्रयास मात्र पर्याप्त नहुने भन्दै नेपाल र भारतबीच समन्वयसहित संघीय सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वन फँडानी, मानव बस्ती विस्तार र प्राकृतिक मार्ग अवरुद्ध भएपछि हात्तीहरू गाउँ पस्न थालेका हुन् ।

वन क्षेत्रमा पर्याप्त आहारा अभाव र गाउँमा सजिलै अन्नबाली तथा खाद्यान्न भेटिनुले पनि हात्तीलाई बस्तीतर्फ आकर्षित गरिरहेको वन्यजन्तु विज्ञहरूको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय