काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेकी छन् ।
मन्त्री चौधरी जुन २९ देखि जुलाई ३ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।



उनले जुन २९ र ३० मा आयोजना हुने ‘High Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development’ मा सहभागिता जनाउने छिन् । उक्त सत्रमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा उच्चस्तरीय छलफल हुनेछ ।
त्यसैगरी जुलाई १ देखि ३ सम्म बैंककमा आयोजना हुने ‘Ninth Session of the Committee on Environment and Development at the Ministerial Level’ कार्यक्रममा पनि मन्त्री चौधरी सहभागी हुने छिन् ।
मन्त्रीस्तरीय बैठकमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चुनौती र समाधानका विषयमा छलफल हुनेछ । उक्त कार्यक्रममा मन्त्री चौधरीले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
सम्मेलनमा मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि नेपालले गरिरहेका प्रयास तथा दिगो विकासका क्षेत्रमा नेपालले लिएका प्रतिबद्धताबारे धारणा राख्ने कार्यक्रम रहेको छ ।








