वायु प्रदूषण र प्लास्टिक व्यवस्थापनमा क्षेत्रीय सहकार्य बढाउने विषयमा छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (SACEP) का महानिर्देशक नर्बु वाङ्चुकले मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण तथा प्लास्टिक फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ। विशेषगरी नेपालमा प्लास्टिक प्रदूषण न्यूनीकरण र फोहोरको दीर्घकालीन व्यवस्थापन प्रणाली सुधारका लागि सहकार्य बढाउने विषयमा जोड दिइएको थियो।

महानिर्देशक वाङ्चुकले प्लास्टिक फोहोर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजनाहरू ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। साथै सीमापार वायु तथा नदी प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय राष्ट्रहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल र भुटानजस्ता साना राष्ट्रहरूले क्षेत्रीय मञ्चमार्फत आफ्ना मुद्दा प्रभावकारी रूपमा उठाउन सक्ने बताउनुभयो।

उहाँले आगामी जुलाई ८ र ९ मा माल्दिभ्समा हुने माले डिक्लरेशन पुनरुत्थान सम्बन्धी बैठकमा नेपाललाई सहभागी हुन आग्रह गर्दै उक्त बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना तय गरिने जानकारी दिनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय