बेर्शेबा सेवा समितिको सहयोगमा भानु आधारभूत विद्यालयका ७५ विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

रतुवामाई, मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित श्री भानु आधारभूत विद्यालय, पिडेलीका ७५ जना विद्यार्थीलाई बेर्शेबा सेवा समितिको सहयोगमा झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।

समितिको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कलम, पेन्सिल, रङ्गीन पेन्सिल, ज्यामिति बक्स, कापी तथा चित्रकला कापी (ड्रइङ बुक) वितरण गरिएको थियो। साथै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्याडमिन्टन र फुटबल समेत प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर नागेश्वर गन्गाई, विशिष्ट अतिथि वडा नं. ३ का वडाध्यक्ष देवीप्रसाद ताजपुरिया, तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रतुवामाई–३ का प्रहरी निरीक्षक रमेश श्रेष्ठ सहभागी रहेका थिए। साथै विद्यालयका प्रधानाध्यापक हर्कजान रावल, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा बेर्शेबा सेवा समितिका अध्यक्ष भागलाल ताजपुरिया, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिष अब्राहम तथा सदस्य प्रकाश सुन्दास सहभागी रहेका थिए।

समितिले विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नागेश्वर गन्गाईले यस्ता सहयोगमूलक कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउन मद्दत पुग्ने बताएका थिए।

विद्यालय प्रशासनले सहयोगी संस्था तथा कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय