प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं — राष्ट्रपतिले नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुखको सिफारिसमा प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थायी ठेगाना भएका अधिकारी निजामती सेवामा लामो अनुभव भएका प्रशासक हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तथा दक्षिण कोरियाको Kyung Hee University बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन्।

अधिकारीले निजामती सेवामा करिब २४ वर्ष काम गरेका छन्। उपसचिव पदबाट सेवानिवृत्त भएका उनी प्रशासनिक तथा संसदीय व्यवस्थापन क्षेत्रमा अनुभवी मानिन्छन्।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार उनलाई विशिष्ट श्रेणीको सचिव सरह सेवा सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय