प्रधानमन्त्री शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल नियुक्त

काठमाडौँ — सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदिश प्रसाद अग्रवाल लाई प्रधानमन्त्री बालेन्द्र शाह का अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) का पूर्व डीन समेत रहनुभएका डा. अग्रवालले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधारसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल ले नियुक्तिबारे जानकारी दिँदै अनुभवी विज्ञको संलग्नताले स्वास्थ्य क्षेत्र सुधारमा प्राविधिक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। डा. अग्रवालले भने कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई पूर्ण रूपमा विशेषज्ञका रूपमा सेवा प्रदान गर्ने जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय