समावेशी शिक्षामा फिनल्यान्डको अनुभव नेपालमा उपयोग गरिने

काठमाडौँ । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने चासो व्यक्त गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूतपेट्री पुहाक्काबीच मन्त्रालयमा भएको शिष्टाचार भेटमा यस्तो प्रस्ताव अघि सारिएको हो।

भेटका क्रममा मन्त्री पोखरेलले फिनल्यान्डको उच्च गुणस्तरको शिक्षा प्रणालीबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा सहकार्य बढाउन आग्रह गर्नुभयो। उहाँले नेपाल–फिनल्यान्डबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विकासमा फिनल्यान्डले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

छलफलमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा साझेदारी विस्तारका विषयमा विचार विनिमय भएको थियो। राजदूत पुहाक्काले फिनल्यान्डको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाउँदै हाल सञ्चालनमा रहेका विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र शिक्षक शिक्षा परियोजनालाई निरन्तरता दिने बताउनुभयो।

नेपालले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा फिनल्यान्डले समावेशी शिक्षामा रहेको आफ्नो अनुभवमार्फत सहयोग गर्न इच्छुकता जनाएको छ। साथै ‘डिजिटल ट्रान्सफरमेसन’ प्राथमिकतामा पनि सहकार्य गर्ने सम्भावना औंल्याइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय