काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा पोर्चुगलकी उपपरराष्ट्रमन्त्री (परराष्ट्र तथा सहकार्य राज्यमन्त्री) डा. आना इसाबेल जाभियर २०८३ वैशाख १६ देखि १८ गतेसम्म (२९ अप्रिल–१ मे २०२६) नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन्।
भ्रमणका क्रममा उनले परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने वैशाख १७ गते परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।



भेटवार्तामा नेपाल–पोर्चुगल द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तारका नयाँ सम्भावनाहरूबारे छलफल हुने बताइएको छ।
डा. जाभियरसँग नेपालका लागि पोर्चुगलका गैरआवासीय राजदूत जोआँ रिबेइरो दे आल्मेइदा सहित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि नेपाल आउनेछ।










