काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग हुँदै आएका सरकारी सवारी साधन फिर्ता ल्याउन सुरु गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनपछि नियम विपरीत प्रयोगमा रहेका गाडीहरू मन्त्रालयमा तानिएको हो। सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको गुनासो आएपछि मन्त्री मेहताले तत्काल छानबिन गरी सबै गाडी फिर्ता ल्याउन निर्देशन दिनुभएको थियो।



निर्देशनअनुसार फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालय परिसरमै राखिएको छ। अब ती गाडीहरू आवश्यकताका आधारमा कानुनी प्रक्रिया अनुसार मात्रै प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
प्रचलित कानुनअनुसार सहसचिव वा सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।










