कमल–१ मा क्रिकेटको उपाधि कमल–१ लाई, बुद्धिचालमा सुवेदी प्रथम

झापा, कमल गाउँपालिका–१ मा खेलकुद गतिविधि उत्साहजनक रूपमा अघि बढिरहेको छ। कमल–१ खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरीय बुद्धिचाल तथा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका छन्।

वडा नम्बर १ को सहयोगमा सम्पन्न बुद्धिचाल प्रतियोगितामा २१ जना खेलाडी सहभागी भएका थिए। प्रतिस्पर्धामा राजन सुवेदी प्रथम, कृष्ण सिग्देल दोस्रो र श्रीयन्स चौलागाईं तेस्रो स्थान हासिल गर्न सफल भए। प्रतियोगिता वडा कार्यालयको सभाहलमा आयोजना गरिएको थियो।

यसैगरी, वैशाख ३ गतेबाट सुरु भएको क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। फाइनल खेलमा कमल–१ को टोलीले कमल–२ लाई पराजित गर्दै उपाधि जित्न सफल भयो भने कमल–२ उपविजेतामा सीमित रह्यो।

कमल–१ को सोलमारीमा आयोजित उक्त क्रिकेट प्रतियोगितामा कमल गाउँपालिकाका सात टोलीको सहभागिता रहेको थियो। विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेताले १५ हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र हात पार्‍यो।

दुवै प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई वडाध्यक्ष केदार कटुवालले पुरस्कार वितरण गर्नुभएको खेलकुद समितिका अध्यक्ष अनुप काफ्लेले जानकारी दिनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय