रोटरी क्लब अफ दमक प्रथम — ‘रोटा क्विज’मा ऐतिहासिक सफलता

झापा। रोटरी डिस्ट्रिक्ट ३२९२ को १८औँ कन्फ्रेन्सको अवसरमा सम्पन्न प्रतिष्ठित ‘रोटा क्विज’ प्रतियोगितामा रोटरी क्लब अफ दमकले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।

विभिन्न रोटरी क्लबहरूको सहभागिता रहेको प्रतिस्पर्धामा दमकको टोलीले अन्य क्लबहरूलाई पछि पार्दै उपाधिसहित २५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको हो।

प्रतियोगितामा रोटरीको इतिहास, सामाजिक सेवा तथा समसामयिक विषयहरू समेटिएका प्रश्नहरू सोधिएका थिए।

दमकको तर्फबाट सहभागी सागर श्रेष्ठ, ज्यास्मिन करञ्जीत र सन्देश शिवाकोटी सम्मिलित टोलीले ज्ञान, तार्किक क्षमता र आत्मविश्वासपूर्ण प्रस्तुति मार्फत निर्णायकहरूलाई प्रभावित पार्दै उपाधि जितेको हो।

विजेता टोलीलाई विशेष समारोहका बीच सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। क्लबको यस उपलब्धिलाई सदस्यहरूको बौद्धिक क्षमता, सक्रियता र रोटरी अभियानप्रतिको प्रतिबद्धताको प्रतिफलका रूपमा हेरिएको छ।

रोटरीले आयोजना गर्ने यस्ता कार्यक्रमहरूले सदस्यहरूबीच सहकार्य, नेतृत्व विकास र सकारात्मक सोच प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रोटरी क्लब अफ दमक को यो सफलताले स्थानीय तहमा समेत उत्साह थपेको छ र आगामी दिनमा अझ सक्रिय सहभागिताका लागि प्रेरणा दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय