प्रधानमन्त्री–मुख्यमन्त्री छलफल सम्पन्न: विकास तीव्रता र संघीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल सम्पन्न गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा संघीय संरचनाअनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित र न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

बैठकमा प्रदेश सरकारहरूले भोगिरहेका व्यावहारिक समस्या, बजेट कार्यान्वयनका चुनौती, आयोजना सञ्चालनमा देखिएका ढिलाइ तथा सेवा प्रवाहलाई चुस्त बनाउने उपायहरूबारे पनि धारणा आदानप्रदान गरिएको थियो। मुख्यमन्त्रीहरूले आ–आफ्ना प्रदेशका प्राथमिकता, समस्या र आवश्यकताबारे प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले संघीयताको सफल कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै विकास निर्माणलाई परिणाममुखी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो।

उक्त छलफलले संघीय शासन प्रणालीलाई व्यवहारमा अझ प्रभावकारी बनाउने, विकासको गति बढाउने र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय