काठमाडौँ — संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
सभामुख डोल प्रसाद अर्याल को सभापतित्वमा बसेको बैठकले आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लाई पत्राचार गर्ने निर्णय गरेको हो।
बैठकमा नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी सहित संघीय संसदका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।



