इस्टर डे किन महत्वपूर्ण? जानौं धार्मिक र आध्यात्मिक अर्थ

पास्टर विर बहादुर तामाङ, कमल, झापा 

“ह्याप्पी इस्टर” डे के हो भन्ने विषय नै गहन विषय हो। यो ख्रीष्ट विश्वासीहरूको लागि महान उत्सवको दिन हो।ख्रीष्ट येशूको पुनरुत्थान दिन हो, उहाँ पुनर्जीवित हुनुभएको दिन हो,विश्व जगतमा यो इतिहासिक दिन हो। समग्रह विश्व ब्रम्हाण्डका मानव जातिका लागि पनि आशाको केन्द्रको दिन हो। यो खुशीको दिन, हर्षउल्लासका दिन हो।

“इस्टर डे ” ख्रीष्ट पुनरुत्थानले विश्वका सारा संसारका मानव जातीमा नयाँ आशा,उमङ्ग ल्याएको दिन हो।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। यूहन्ना ३:१६

म अहिले तपाईहरु समक्ष ख्रीष्ट येशूको पुनरुत्थान सम्बन्धी तथ्यहरु पेश गर्न चाहन्छु।

१)ख्रीष्ट येशूले आफ्नो पुनरुत्थान बारे यसरी दाबी गर्नु भएको छ।

उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। लूका २४:४६

२)पवित्र धर्मशास्त्रले ख्रीष्ट येशूको पुनरुत्थान हुनु भएको विषयलाई यसरी सम्बोधन गरेका छन।

पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। १ कोरिन्थी १५:३,४

तर कबर स्थान र चिहानमा खोज्दैछन्

“आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर। मर्कुस १६:६

उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। मत्ती २८:६

३)विश्व ब्रम्हाण्डमा ख्रीष्ट नै पुनर्जीवित हुनु हुने प्रथम हुनुहुन्छ भन्ने पुष्टि प्राप्त गर्न सक्छौं।

वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ।

१ कोरिन्थी १५:२०

तर अबचाहिँ ख्रीष्‍ट मरेकाहरूबाट बौरिउठ्नुभएकै हो, र सुतिजानेहरूमध्ये पहिलो फल हुनुभएको छ।

येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो। रोमी १:४

४)ख्रीष्ट येशू पुनरुत्थान हुनु भएका आधार र प्रमाणहरु

आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। प्रेरित १:३, १ कोरिन्थी १५:३-८

३. किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।

४. उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।

५. उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।

६. त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्।

७. त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।

८. सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।

येशू ख्रीष्टको आवहान

येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। यूहन्ना ११:२५

हाम्रो दायित्व,जवाफदेहिता, कर्तब्य 

किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।

१०. किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। रोमी १०:९,१०

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय