लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित ९ जनालाई पक्राउ गरेको छ।

चैत १७ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–५ बाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटरमा सवार मेचीनगर नगरपालिका–१२ का सन्तोष लिम्बु, ओम नारायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यसैगरी, मे ४ प ८२७४ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर–९ का रेसल खड्का, सन्दीप राजबंशी र प्रविण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता, इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका–८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय रानीले धरान उपमहानगरपालिका–११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधीसहित मोरङबाट पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका–४ का पर्वत राईलाई ३० ट्याब्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कमल गाउँपालिकाको सुचना

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय