लागू औषध सहित ९ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका–६ का अनिस तामाङ, राघब राई तथा सुन्दरहरैचा–८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोलीले गौरादह नगरपालिका–२ का धिरन राई, गौरादह–७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर तथा प्रतिबन्धित औषध १२ चक्कीसहित नियन्त्रणमा लिएको छ।

यसैबीच, मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका–१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका–९ का सागर चौधरीलाई नाइट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेनसहित पक्राउ गरेको जनाएको छ।

लागू औषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय