लागुऔषध ‘ब्राउन सुगर’ सहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ‘ब्राउन सुगर’ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ डाँगीबारीबाट अर्जुनधारा नगरपालिका–११ का शिव गिरी र सन्दीप उप्रेतीलाई ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–६ बाट स्थानीय दिप्लुङ राई, भिजन राई र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय