विराटनगर — झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर-५ मेचीपुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर नगरपालिका–९ का ३३ वर्षीय दिनेश कुर्मीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले नियन्त्रणमा लिएको छ।



त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ३० वर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल र स्पास्पेन ६१० ट्याब्लेटसहित अस्थायी प्रहरी पोस्ट जोरसखुवाको टोलीले पक्राउ गरेको छ।
उता उदयपुरको कटारी नगरपालिका–५ बरमझियाबाट ३३ वर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजासहित इलाका प्रहरी कार्यालय कटारीले उनकै घरबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










