सुनसरी — सुनसरीको धरान उप-महानगरपालिका–१५ बाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत १० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले २९ वर्षीय अनिल लिम्बुलाई नियन्त्रणमा लिएको हो।



उनको साथबाट ट्रामाडोल ४,१४६ क्याप्सुल तथा स्पास्पेन र डिकोलिक गरी ४,२२८ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










