काठमाडौं। आज देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।



राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।











