गाईघाटका अमृत झा इरानी सेनाको नियन्त्रणमा, परिवारको उद्धार अपिल

गाइघाटका अमृत झा इरानी सेनाको कब्जामा रहेको खुलेको छ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी झा इरानी सेनाको नियन्त्रणमा रहेको परिवारले जनाएको हो । पारिवारिक स्रोतकाअनुसार वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि इरान पुगेका झा गएको ७ दिनदेखि इरानी सेनाको नियन्त्रणमा रहेको उहाँका भिनाजु राजेश झाले बताउनु भयो।

इरानमा झा पानीजहाज चलाउने पाइलटको पदमा रोजगारी गरिरहेका थिए। दुबईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेको र कारागारमा राखिएको परिवारले जनाएको छ ।

नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन । तत्काल उद्धार गरिदिन परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ । उहाँकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन दिनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय