मोरङ । मोरङको विराटनगर–११ बसपार्क क्षेत्रबाट १०० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, बिहार अररिया फारबिसगंजका २५ वर्षीय बिपुल वर्मा रहेका छन्।
चैत ६ गते विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा वर्माको साथबाट लुकाइछिपाइ राखिएको अवस्थामा १०० ग्राम ब्राउन सुगर बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।



पक्राउ परेका वर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










