सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

मोरङ। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ।

कुखुरा फार्ममा संक्रमण देखिएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा किसानलाई आग्रह गरेको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्र वरपर निगरानी बढाइएको छ भने कुखुरा तथा कुखुराजन्य पदार्थको आवतजावतमा समेत कडाइ गरिने जनाइएको छ।

स्वास्थ्य तथा पशु सेवा सम्बन्धी निकायले कुखुरा पालन गर्ने किसानलाई जैविक सुरक्षा (बायो–सिक्युरिटी) मापदण्ड कडाइका साथ पालन गर्न, बिरामी कुखुरा देखिएमा तुरुन्त जानकारी दिन र अनावश्यक आवतजावत नगर्न सचेत गराएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय