मोरङमा ब्राउन सुगरसहित २ जना पक्राउ

Damak Town News Desk

मोरङ — बिराटनगर १६ दरैयाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ।

चेकजाँचका क्रममा मोटरसाइकलमा सवार सुजल परियार र रोश्नी विश्वकर्मालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ८ ग्राम ७०० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय