दमक टाउन
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चारै जना १८ वर्षमुनिका नाबालक भएको प्रहरीले जनाएको छ।
इनिसा फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्याउने बितिकै उनलाई मृ#त घोषित गरिएको थियो।
इनिसाक परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका थिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले पहिला एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। उनको बयान पछि थप तीन जनालाई पनि नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।



