मोरङमा रात्रीकालिन व्यवसाय बेलुकी ७ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

उर्लाबारी । जिल्ला प्रशासन कार्यालय, मोरङ ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मोरङ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालिन व्यवसाय बेलुकी ७:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

कार्यालयले २०८२ फागुन १७ गते सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत–गजल लगायतका व्यवसायहरु निर्वाचन परिणाम घोषणा नभएसम्म साँझ ७ बजेसम्म मात्र खुला राख्नुपर्ने जनाएको हो।

सूचनामा भनिएको छ कि निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो। निर्देशनको अवज्ञा गर्ने व्यवसायमाथि प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

 

उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी राज कोइरालाद्वारा जारी गरिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय