दुर्गा प्रसाईं सार्वजनिक शान्ति मुद्दामा पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।

 

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।

 

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय