प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द गरिने भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न चुनावका लागि रेल सेवा तीन दिन पूर्णरूपमा बन्द गरिने जनाएको हो । मंगलबारदेखि बिहीबारको मतदानको दिनसम्म सेवा बन्द हुने कम्पनीको जनकपुरस्थित केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
रेल सेवा भंगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित छ । फागुन २२ गते शुक्रबारदेखि रेल सेवा नियमित सञ्चालनमा आउने बताइएकाे छ। निर्वाचनका लागि सरकारले आगामी बुधबारदेखि तीन दिन सार्वजनिक बिदा दिँदैछ ।



