प्यारामाउन्ट स्काइडान्सद्वारा वार्नर ब्रदर्स डिस्कभरी अधिग्रहणको तयारी, नेटफ्लिक्स प्रतिस्पर्धाबाट बाहिर

प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीलाई पूर्ण रूपमा अधिग्रहण गर्ने तयारी गरेको छ । केही दिनयता तीव्र रूपमा विकसित घटनाक्रमबीच यस्तो स्थिति बनेको हो, जसमा नेटफ्लिक्सले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको छ ।

 

गत डिसेम्बरमै नेटफ्ल्क्सिले वार्नर ब्रदर्सको अधिकांश हिस्सा किन्ने सहमति गरेको थियो । बिहीबार दिउँसो नेटफ्लिक्सले आफ्नो प्रस्ताव बढाउन औपचारिक रूपमा अस्वीकार गर्‍यो । त्यसअघि वार्नर ब्रदर्सले प्यारामाउन्ट स्काइडान्सको पछिल्लो प्रस्तावलाई नेटफ्लिक्ससँग भएको सम्झौताभन्दा “अझ राम्रो प्रस्ताव” भएको बताएको थियो ।

 

नेटफ्लिक्सले अचानक सम्झौताबाट पछि हट्ने निर्णयले मनोरञ्जन उद्योगलाई निश्चित रूपमा चकित बनाएको छ । स्ट्रिमिङ कम्पनीसँग आफ्नो सम्झौता बचाउन नयाँ प्रस्ताव ल्याउन चार दिनको समय उपलब्ध थियो ।

 

यो निर्णयलाई अझ अप्रत्याशित बनाउने अर्को पक्ष भनेको नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोस बिहीबार बिहान वासिङ्टन डीसी पुगेका थिए । उनी प्यारामाउन्टले प्रति शेयर ३१ डलरको नयाँ प्रस्ताव अघि सारेपछि, यसअघि नै मर्जर सम्झौता भएको उक्त डिलका पक्षमा ट्रम्प प्रशासनका अधिकारीसँग छलफल गर्न त्यहाँ पुगेका थिए ।

 

‘तर हामी सधैं वित्तीय अनुशासनमा अडिग छौँ । प्यारामाउन्ट स्काइडान्सको पछिल्लो प्रस्तावसँग मिलाउनुपर्ने मूल्यमा यो डिल अब आर्थिक रूपमा आकर्षक रहेन, त्यसैले हामी त्यो प्रस्ताव बराबरी गर्ने निर्णयमा छैनौँ । वार्नर ब्रदर्स विश्वस्तरीय संस्था हो, र निष्पक्ष तथा कडाइका साथ प्रक्रिया सञ्चालन गरेकोमा डेविड जास्लाभ, गुन्नार वाइडेनफेल्स, ब्रुस क्याम्पबेल, ब्राड सिंगर र वार्नर ब्रदर्सको बोर्डलाई धन्यवाद दिन चाहन्छौँ’।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय