बंगलादेशमा हिन्दू युवक दिपुचन्द्र दासको क्रूर हत्या, १० जना पक्राउ

काठमाडौं । २७ वर्षीय हिन्दू युवक दिपुचन्द्र दासको क्रूर हत्याको सम्बन्धमा बंगलादेशको मयमनसिंहमा कम्तिमा दश जनालाई पक्राउ गरिएको छ ।

र्‍यापिड एक्सन बटालियन (आरएबी) ले सात संदिग्धहरूलाई पक्राउ गरेको छ भने प्रहरीले अन्य तीन जनालाई पक्राउ गरेको हो ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले एक्सपोस्टमा घटनाबारे पुष्टि गरे । उनले पोस्टम लेखेका छन्- ‘मयमनसिंह हिन्दू युवालाई कुटपिट गरी हत्या गरेको घटनामा १० जना पक्राउ: मयमनसिंहको बालुकामा सनातन हिन्दू युवा दिपु चन्द्र दास (२७) को कुटपिट गरी हत्या गरेको घटनामा कानून प्रवर्तन एजेन्सीहरूले दस जनालाई पक्राउ गरेका छन् ।’

आरएबीले पक्राउ गर्नेहरूमा मोहम्मद लिमन सरकार (१९), मोहम्मद तारेक हुसेन (१९), मोहम्मद मानिक मिया (२०), इर्शाद अली (३९), निजुम उद्दिन (२०), आलोमगीर हुसेन (३८) र मोहम्मद मिराज हुसेन अकोन (४६) रहेका छन् । यस्तै प्रहरीले पक्राउ गरेकाहरुमा मोहम्मद अजमोल हसन सगीर (२६), मोहम्मद शाहिन मिया (१९) र मोहम्मद नजमुल रहेका छन्।

द स्टेटमेन्ट्सका अनुसार ईश्वरनिन्दाको आरोपमा दीपुचन्द्र दासलाई भीडले आक्रमण गरेको थियो र उनको शरीरमा आगो लगाइएको थियो । पछि उनको चोटका कारण मृत्यु भयो । यस घटनाले बंगलादेशमा विशेष गरी अल्पसङ्‍ख्यक अधिकार समूहहरूका बीच व्यापक आक्रोश र निन्दा निम्त्याएको छ ।

बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन एकता परिषद्ले बंगलादेशको मयमनसिंहको भालुकामा हिन्दू पुरुषको हत्या भएको विषयमा कडा शब्दमा निन्दा गरेको छ ।

विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा बढेको तनावको अवधिमा दिपु चन्द्र दासको हत्या भएको थियो । इन्किलाब मोन्चोका संयोजक तथा फेब्रुअरी २०२६ को राष्ट्रिय चुनावका लागि संसदीय उम्मेदवार हादीको डिसेम्बर १२ मा ढाकामा भएको आक्रमणमा लागेको गोली लागेर घाइते भएको उपचारको क्रममा १८ डिसेम्बरमा सिंगापुरमा मृत्यु भएको थियो ।

शरीफ उस्मान हादीको अन्त्येष्टि हिजोमात्रै भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय