नेपाल आयल निगमद्वारा पेट्रोलको मृल्य वृद्धि, डिजेल र मट्टितेल सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ।

यो नयाँ मूल्यसूची भोलि बिहान ००:०१ बजेदेखि लागू हुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय