
विराटनगर । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा सिन्धुपाल्चोकका ३४ वर्षीय दावा लामा होल्मो पक्राउ परेका हुन्।
विराटनगर–१५ मा चेकजाँचकै क्रममा उनको साथबाट ५८ ग्राम १४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान सुरु गरिएको ब्यूरोले जानकारी दिएको छ।



