नेकपाद्वारा पुस ५ मा ‘एकता सन्देश सभा’ गर्ने तयारी पूरा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।

पार्टीनिकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिस्ट शक्तिबिच एकताको प्रारम्भ गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय