मोरङमा ६७८ किलो गाँजा बरामद, ट्रक चालकसहित २ जनालाई नियन्त्रण

मोरङ । मोरङको रतुवामाई नगरपालिका–१ बाट ६७८ किलोग्राम गाँजा सहित ट्रकमा सवार २ जना पक्राउ परेका छन्।

आइतबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रक जाँच गर्दा ट्रकमा फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको ६७८ किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा ट्रक चालक धनकुटा सहिदभूमि–२ का समेल राई र ट्रकमा सवार सहिदभूमि–१ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय