
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल ले जेनजी पुस्ताको आशा र भरोसाको केन्द्र समेत नेपाली कम्युनिष्ट पार्टी हुने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘जेन–जी पुस्तालाई समेत यही दल आशा तथा भरोसा केन्द्र लागिरहेको छ । शोषित पीडित तथा मिटरव्याज पीडितहरुमा समेत नेपाली कम्युनिष्ट पार्टीप्रति नै आकर्षण रहेको छु, उनले भने।
उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह पनि गरे।
युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि बोल्ने आफूहरु नै रहेको दाबी गर्दै उनले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गरे। जेन–जीहरु समेत नवगठित नेपाली कम्युनिष्ट पार्टीमाथि विश्वास गरिरहेको नेपालले दाबी गरे।



