मन्त्री पुनको ‘ओलीकुटी’ व्यंग्य: दरबारजस्तो नक्सा बनाएको भन्दै इन्जिनियरमाथि कारबाहीको ठट्टा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नयाँ निर्माणाधीन घरलाई ‘कुटी’ भनिएको भन्दै व्यंग्य गरेका छन् ।

भक्तपुरको गुण्डुमा केही दिनअघि ओलीपत्नी राधिका शाक्यले आफ्नो घरको शिलान्यास गरेकी थिइन् ।

शिलान्या हुँदै गरेको फोटो र नयाँ बन्न लागेको घरको नक्सा राखेर एमाले नेता महेश बस्नेतले ‘ओलीकुटी’ को निर्माण सुरु भएको जानकारी दिएका थिए ।

भव्य महललाई कुटी भनिएको भन्दै सामाजिक सञ्जालमा यसबारे निकै चर्चा भएको थियो । सोही विषयमा मन्त्री पुनले पनि व्यंग्य गरेका हुन् ।

उनले दुई जना बस्ने कुटीको नक्सा बनाउनुपर्नेमा दरबारको नक्सा बनाइदिएको भन्दै इन्जिनियरलाई कारबाही गर्नुपर्ने ठट्टा पनि गरेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले रु कहाँ सम्मको लापरवाही हो यो ?’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय