नागरिकता झमेलामा युवती–बुवाको मृत्यु: प्रधानमन्त्री कार्कीको माफी

हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको विषयलाई लिएर रास्वपाकि पूर्व सांसद विन्दवासिनी कंसकारको परिवारले विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको आदेश विपरीत प्रशासनले जबरजस्ती सडक विस्तार गरेको भन्दै रास्वपाकी पूर्वसांसद कंसकारको परिवारले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–२ पिपलबोटस्थित आफ्नो घर तथा पसल अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका छन् । कंसकार परिवारले सडक सीमा क्षेत्रमा निर्माण भएका घर संरचना नभत्काउन सर्वोच्च अदालतले ‘स्टे अर्डर’ (अन्तरिम आदेश) जारी गरेको थियो । तर, सडक डिभिजन कार्यालय हेटौँडा र स्थानीय प्रशासनले अदालतको उक्त आदेशलाई बेवास्ता गर्दै बल प्रयोग गरेर सडक विस्तार कार्य अघि बढाएको उनीहरूको आरोप छ ।

शनिबार साँझ सडकमा निस्किएका परिवारका सदस्यहरूले प्रशासनको रवैयाविरुद्ध आक्रोश पोख्दै मुख्य सडकमै आगो बालेका थिए ।

प्रदर्शनका कारण केही समय सो क्षेत्रको यातायात आवागमन समेत प्रभावित बनेको थियो ।

प्रशासनले भने हेटौँडा बजार क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने अभियानलाई तीव्रता दिइरहेको छ । शनिबार बिहानैबाट सडक कार्यालयले हेटौँडा बजार क्षेत्रको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमामा निर्माण गरिएका संरचना हटाउन जेसीवी प्रयोग गरेको थियो ।

हेटौँडा–१५ रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल तथा बुद्ध चोकदेखि सामरी पुल सम्मको ९.५ किलोमिटर क्षेत्रमा एसियन हाइवेको मापदण्ड अनुसार सडक सीमा (२५–२५ मिटर) खाली गराउने अभियानका लागि संरचना हटाउने काम थालिएको थियो ।

हाल प्रशासनले २५–२५ गज (२२.५ मिटर) क्षेत्रमा निर्माण भएका संरचना हटाउने गरी जेसिवी प्रयोग गरेर घर टहरा भत्काउने काम थालेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय