दमकमा एकजना पुरुषको लडेर मृत्युु

२०८२ मंसिर १८, दमक । झापाको दमकमा एकजना पुरुषको लडेर मृत्युु भएको छ ।बुधबार द्म्मक ५ स्थित क्याम्पस मोडमा हिडिरहेका बेला अर्जुनधारा–४ का ६२ वर्षका युवराज पौडेल अचानक सडकमा लडी अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीयले तत्कालै उहाँलाई दमकस्थित निम्स अस्पताल पुर्‍याए पनि करिब ४:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव अहिले निम्स अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार घटना आकस्मिक देखिए पनि विस्तृत तथ्य सैनिक अनुसन्धानपछि मात्र खुल्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय