दमक–३ बेलडाँगी शिविरमा खुकुरी प्रहार, एक शरणार्थी पक्राउ

झापाको दमक–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा खुकुरी प्रहार गर्ने एकजना शरणार्थी पक्राउ परेका छन्।

गएराति करिब ८ बजे सेक्टर ए–३, हट नं. २०० का २९ वर्षीय प्रदीप विश्वकर्मामाथि सेक्टर डी–२, हट नं. १६६ बस्ने ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। सामान्य विवादका कारण राईले विश्वकर्माको घाँटीको बायाँ भागमा प्रहार गरेका हुन्।

घाइते विश्वकर्मालाई दमक अस्पतालमा उपचारका लागि लगिएको र उनी बोल्न सक्ने मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय