
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा आफ्नो धारणा राख्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
प्रदेशसभालाई सम्बोधन उनले भने, “मैले तपाईंहरूलाई विश्वासको मत माग्न सान्दर्भिक देखिनँ र आजकै मितिबाट राजीनामा दिन्छु । आजै प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा पत्र बुझाउँछु ।”
विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा मत लिनुअघि नै राजीनामा घोषणा दिएका हुन् ।



