४ सय ६० किलो गाँजा सहित सवारी साधन नियन्त्रणमा, चालकको खोजि तिव्र

२०८२, मंसिर १७, विराटनगर – सुनसरीको इनरुवा नगरपालिका–९ स्थित इनरुवा–जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिइएको छ।

मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा सडक छेउमा रोकिएको बा. ३ च ५५८५ नम्बरको स्कार्पियो गाडीमा संका लागी चेकजाँच गरेको थियो। सो क्रममा गाडीभित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरिएको ४ सय ६० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाडीबाट गाँजा बरामद भएपछि ओसार–पसारमा संलग्न चालकको खोजतलास जारी छ।

साथै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१३ स्थित स्थानमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका–७ का रोहन राईलाई ८ किलो ४९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय