दमक–५ बाट वैदेशिक रोजगार ठगीमा संलग्न पक्राउ

झापा — वैदेशिक रोजगार ठगीको आरोपमा झापाको दमकबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–८ स्थायी ठेगाना भई हाल दमक–५ बस्ने ४० वर्षीय प्रदिप पराजुली रहेका छन्।

उनिविरुद्ध वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा उजुरी परेको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले हिजो बिहान ११:४५ बजे दमक–५ बाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पराजुलीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय